दफा ४१
सरसफाई तथा फोहोरमैला व्यवस्थापन
: (१) वातावरणीय प्रदुषण तथा फोहोरमैलाबाट मानव स्वास्थ्यमा पारेको वा पार्ने प्रतिकूल प्रभावलाई नियन्त्रण गर्नको लागि नेपाल सरकारले प्रचलित सङ्घीय कानून बमोजिम आवश्यक मापदण्ड बनाउन सक्नेछ।
(२) स्वास्थ्यजन्य फोहोरमैला संकलन, पुन: प्रयोग, प्रशोधन, बिसर्जन र नियमनको लागि नेपाल सरकारले आवश्यक मापदण्ड बनाउनेछ।
(३) उपदफा (१) र (२) बमोजिमको मापदण्डको पालना गर्नु प्रदेश तथा स्थानीय तहको कर्तव्य हुनेछ।
(४) प्रत्येक स्वास्थ्य संस्थाले तोकिएको मापदण्ड बमोजिम जोखिम रहित र जोखिमयुक्त फोहोरहरूलाई छुट्याई व्यवस्थापन गर्नु पर्नेछ।
(५) प्रत्येक स्वास्थ्य संस्थाले सेवा प्रदायकलाई तोकिएको मापदण्ड बमोजिमको स्वच्छ खानेपानी उपलब्ध गराउनु पर्नेछ।